Logo

११ वैशाख, तनहुँ । तनहुँ–१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।

बिहान साढे सात बजेसम्म २० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। ६३ हजार ७ सय ५७ मत खसेको तनहुँमा अहिलेसम्म १३ हजार ६५ मत गणना भएको छ।

प्राप्त पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। वाग्लेले ७२९३ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २१३४ मत ल्याएका छन्।

हालसम्म ८ वडाको अन्तिम मतपरिणाम आएको छ। आँबुखैरेनी–१, आँबुखैरेनी–२, आबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को मतगणना सकिएको हो।


सम्बन्धित समाचार