Logo

११ वैशाख, तनहुँ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिनु भएको छ ।

गए राति पौने एघार बजेदेखि मतगणना सुरु भएकामा अहिलेसम्म १३ वडाको मत गणना सकिएको छ। १८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। रास्वपाका डा वाग्लेले १०२५९ मत सहित अग्रता लिरहनुभएको छ ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २७९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वटा वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

 


सम्बन्धित समाचार