Logo

११ वैशाख, चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इच्छा मनकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरू भएको हो।

चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा २ बजेबाट मतगणना सुरू भएको हो।उपनिर्वाचनमा ६३ प्रतिशतमात्र मत खसेको छ। चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुनःमतदान भएको हो।


सम्बन्धित समाचार