Logo

११ वैशाख,चितवन । चितवन–२ को सुरूआती गणनामा एमालेको अग्रता देखिएको छ । इच्छाकामना–१ को मतगणनाको सुरूआतमा एमालेका रामप्रसाद न्यौपानेले ३६७, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।

मंसिर ४ को निर्वनचनमा सो ठाउँमा लामिछानेलाई निकै कम मत आएको थियो । अहिले सुरूआतमै लामिछाने एमाले उम्मेदवारभन्दा ४८ मतले मात्र पछाडि छन् ।

हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ । इच्छाकामना वडा नम्बर १ को हात्तीवाङ र भाराङ बुथको ९७१ गणना गर्दाको यो रुझान् हो । यसअघिको संसदीय निर्वाचनमा इच्छाकामना गाउँपालिकामा एमालेले सबैभन्दा बढी भोट ल्याएको थियो ।


सम्बन्धित समाचार