Logo

बारा प्रतिनिधि सभा क्षेत्र २ मा भएको उपचुनावमा जसपाका उपेन्द्र यादव र जनमतका शिवचन्द्र कुशवाहाबिच कडा प्रतिष्पर्धा देखिएको छ । केहि समय अघिको मत परिणाम अनुसार जनता समाजवादी पार्टीका उपेन्द्र यादवले लिड गर्नुभएको छ । यादवले १ हजार ३९० मत सहित लिड गर्नुभएको हो । यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १ हजार ३०१ मत सहित यादवलाई पछ्याउदैँ हुनुहुन्छ । एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत पाउनु भएको छ भने रास्वापाका रमेश खरेलले २५९ र आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले १२४ मत प्राप्त गर्नुभएको छ ।


सम्बन्धित समाचार