Logo

११ वैशाख,बारा । प्रतिनिधि सभा सदस्य उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव फेरि अघि हुनुभएको छ ।

पछिल्लो मतपरिणामअनुसार यादव जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछि पार्दै अघि हुनुभएको हो । यादवले २ हजार ६ सय मत प्राप्त गर्दा कुशवाहाले २ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

उहाँहरूबीच ५३३ रनको मतान्तर रहेको छ । नेकपा एमालेका पुरुषोत्तम पौडेल भने निकै पछि पर्नुभएको छ ।

उहाँले ८ सय ६१ मत प्राप्त गर्नुभएको छ । एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले छ ।


सम्बन्धित समाचार