Logo

११ वैशाख,चितवन । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । ताजा मतपरिणामअनुसार लामिछानेले ६ हजार ५ सय ६८ मतसहित अग्रता लिइरहनुभएको छ ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८ सय ६१ मतसहित लामिछानेलाई पछ्याइरहनुभएको छ । उहाँहरूबीच ३ हजार सात सय ७ मतको अन्तर रहेको छ ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछानेभन्दा झन्डै दोब्बर मतले पछि पर्नुभएको छ । उहाँले २ हजार ६ सय ८८ मत प्राप्त गर्नुभएको छ ।


सम्बन्धित समाचार