Logo

१२ वैशाख, बारा । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार पछिल्लो मतपरिणामअनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९ मत पाउँदा कुशवहाले ६ हजार ८०६ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १४५१ मत पाएका छन् ।

रास्वपाले चितवन र तनहुँमा सानदार मत पाएकामा बारामा भने मतपरिणामको रुझानअनुसार आकर्षण देखिएको छैन । खरेल जारी मतगणनामा चौथो स्थानमा परेका हुन् ।

अहिले सम्मको मतगणनाको स्थितीलाई हेर्दा जसपाका उमेदवार उपेन्द्र्र यादव जित्ने संभावना बलियो भएर गएको छ ।

यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।


सम्बन्धित समाचार