Logo

१२ वैशाख,बारा । बारा प्रतिनिधि सभा क्षेत्र २ मा भएको उपचुनावमा जसपाका उपेन्द्र यादवले मतान्तर बढाउनु भएको छ । मतगणनाको शुरुवातमा जनमतका शिवचन्द्र कुशवाहासँग कडा प्रतिस्पर्धा देखिएको पछिल्लो पटक भने उपेन्द्र यादवले मतान्तर बढाउनु भएको हो ।

मत गणनाको पछिल्लो परिणाम अनुसार जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १४ हजार ५ सय ४३ मत सहित अग्रता कायमै राख्नुभएको छ ।

यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ९ हजार ७ सय ४० मत सहित यादवभन्दा पछि पर्नुभएको छ । एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ८ सय ५ मत पाउनु भएको छ भने रास्वापाका रमेश खरेलले २ हजार ५९ मत प्राप्त गर्नुभएको छ ।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो ।

 


सम्बन्धित समाचार