Logo

१२ बैशाख, वीरगञ्ज । वीरगञ्जबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य प्रभु हजराले त्रिभुवन राजपथ अन्तरगत अड्किएको वीरगञ्जको मुख्य सडक बिस्तार गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै उहाँले २ वर्षदेखि सर्वोच्चमा अड्किएको वीरगञ्जको मुख्य सडकको मुद्दालाई निकास दिन माग गर्नुभएको हो ।

गण्डकदेखि शंकराचार्य गेटसम्म निर्माण हुने ६ लेन सडकको टुंगो नलाग्दा विकास निर्माणको काम प्रभावित भएको सांसद हजराको भनाई छ । सो क्षेत्र आसपासका जनताले घर निर्माण गर्न पनि नसकेकाले यथाशिघ्र टुंगो लगाउन सांसद हजराले भौतिक पूर्वाधार विकास मन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

त्यस्तै उहाँले वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको सभा गृह बन्ने विषयमा थप प्रक्रिया चाल्न पनि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने क्रममा भारत सरकारसँग वीरगञ्जमा बन्ने सभा गृहको कुरालाई टुंगो लगाई काम थाल्न पहल गरिदिन उहाँको आग्रह छ ।

करिब ४५ करोडको लागतमा निर्माण हुने सभा गृहका लागि भारत सरकारले अनुमति प्रदान गरिसकेपनि काम सुरु नभएको हुँदा त्यसको प्रक्रिया अघि बढाउनका लागि पहल गरिदिन सांसद हजराले प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभएको हो ।


सम्बन्धित समाचार