Logo

१२ बैशाख, वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको बताउनुभएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजना गरेको भूकम्प स्मृति दिवस कार्यक्रममा उहाँले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कुनै भ्रममा नपरी गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा राजनीतिक पार्टीले युगान्तकारी परिवर्तनका लागि संघर्ष गरेका छन्।” उहाँले भन्नुभयो, “संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, यसलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्न भइरहेको प्रयत्नलाई समेत बदनाम गर्न खोजिएको बताउनुभयो । उहाँले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

“जसले यो परिवर्तन ल्याए, व्यवस्था ल्याए, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन ल्याउन आजसम्म के गरे, के गर्न सकेनन् रु भन्ने समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्नेगरी, समृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ।”, उहाँले भन्नुभयो ।

उहाँले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताउनुभयो । उहाँले विकास र समृद्धिको यात्रालाई तीव्र पार्नु अहिले अवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपतबाट हुने क्षतिलाई न्यूनीकरण गर्न योजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले विपतबाट हुने क्षति न्यूनीकरणका लागि विपतको पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको भन्दै विगतका कमजोरीले भएका क्षतिलाई समीक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले विसं २०७२ को भूकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताउनुभयो ।

“पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकीय गाउँलगायतको पहिचान दिएको थियो”, उहाँले भन्नुभयो, “२०७२ वैशाख १२ को भूकम्पले थप पहिचान पनि दिएको छ ।


सम्बन्धित समाचार