Logo

 यो नेतृत्व भन्ने शब्द अत्यन्तै गहन र गम्भीर शब्द हो । यसलाई हलुका रुपमा लिनु हुदैन । हो–हल्ला गराएर, आर्थिक प्रलोभनमा पारेर सफल र कुशल नेतृत्व गर्न सक्दैन । सफल र कुशल नेतृत्व गर्नका लागि उदाहरणका रूपमा हेर्ने हो भने, संसारकै पाँचौं ठूलो अर्थतन्त्र भएको देश बेलायतको ५७ औं प्रधानमन्त्री जस्तो अत्यन्तै ठूलो जिम्मेवारी ४२ वर्ष उमेर पुगेका भारतीय मूलका ब्रिटिस ऋषि सुनाकले पाएका छन् ।

उनले राजनीतिमा आउनुअघि बैंकमा काम गरेका थिए । आफ्नो पेशागत जीवन, व्यावसायिक जीवन र यसअघिका राजनीतिक जीवनमा पनि उत्कृष्ट नेतृत्वदायी भूमिका निर्वाह गरी सफल लिडरको रूपमा आफूलाई स्थापित गरेकै प्रतिफल आज उनी लामो समयदेखि गोराहरूले शासन गरेको देशमा पहिलो पटक गैह्रगोरा प्रधानमन्त्री बन्न सफल भएका छन् ।

सफलताहरू समय, परिस्थिति, वातावरण, स्थानका आधारमा फरक–फरक तौरतरिका र ढंगबाट प्राप्त भएका देखिन्छन् । सफलतालाई आँकलन गर्ने हो भने एकै किसिमको नेतृत्व मात्र सफल नभई भिन्न–भिन्न किसिमको नेतृत्वहरू, जस्तै-लोकतान्त्रिक नेतृत्व, रणनीतिक नेतृत्व वा परिवर्तनकारी नेतृत्वलाई उदाहरणका रूपमा हेर्न सकिन्छ । कुशल नेतृत्वशैलीमा कार्य गर्नुलाई नै जीवनमा सार्थकता प्रमाणित हुनेछ ।

हुन त विचार वा कुरा गर्नु र त्यसको कार्यान्वयन गर्नु फरक पाटो हुन्, तर आशा गरौं सकारात्मक रूपले जीवन र समाजलाई प्रभावकारी ढंगले विकासरूपी रूपान्तरण गर्ने नेतृत्वको उदय छिटै होस्, हाम्रो देश पनि समृद्ध बनोस् र हामी आमनेपाली सुखी जीवन जिउन पाऊँ । हाम्रो देशका कुशल नेतृत्वकर्ताको कथा विश्वभरि फैलियोस् ।


सम्बन्धित समाचार