Logo

१३ वैशाख,काठमाडौं। संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ ।
जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने तथा सांसद रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची तयार गरिएको छ ।


सम्बन्धित समाचार