Logo

१३ वैशाख, वीरगञ्ज । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । हिजोको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज नौ हजार ६ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए । भने सोमबार ६ हजार तीन सय जना बिरामी फेला परेका थिए ।

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन्भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार