Logo

१४ वैशाख, वीरगञ्ज । सखुवाप्रसौनी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घरटहरा तथा अतिक्रमित सडक खाली गर्न निर्देशन दिएको छ । गाउपालीकाले सात दिनभित्र सार्वजनिक जग्गामा बनाइएका संरचना तथा सडक अतिक्रमण गरी राखिएका सामानहरू हटाउन निर्देशन दिएको छ ।

एकडर्वा गाउँको दक्षिण नहरदेखि हुलाकी सडक हँुदै श्मशानघाटसम्म सडक निर्माण भइरहेको हुँदा सार्वजनिक जग्गामा बनाइएका घरटहरा सात दिनभित्र हटाउन गाउँपालीका अध्यक्ष यशवन्त यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले सूचना जारी गर्नुभएको छ ।

 


सम्बन्धित समाचार