Logo

१५ बैशाख, बारा । जीतपुर गौशालाको अबैध संरचनामाथि जीतपुरसिमरा उपमहानगरपालिकाको डोजर चल्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित जीतपुर गौशालाको नाममा रहेको १ बिगा ५ कठ्ठा जग्गा माथि बनाईएको अबैध संरचनामाथि उपमहानगरपालिकाले डोजर चलाउँन लागेको हो ।

बारम्बार उपमहानगरपालिकाले जीतपुर गौशालाको जग्गामा मापदण्ड बिपरित बनेका भवन संरचना हटाउँन अनुरोध गर्दा पनि अटेरी गरेपछि बाध्य भएर हटाउँन लागिएको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले जानकारी दिनुभयो ।

गौशालाको जग्गामा प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड बिपरित अनाधिकृत संरचनाहरु बनाई ब्यपार ,ब्यवसाय गरेको पाईएकाले भत्काउँन लागिएको उहाँले बताउँनुभयो । उपमहानगरपालिकाले निकालेको ३५ दिने ,साँत दिने र तीन दिने सुचनाको म्याद सक्दा पनि जीतपुर गौशाला भौतिक संरचना हटाउँन कुनै तरखर नगर्दा उपमहानगरपालिका आफैँ डोजर लगाएर भवन संरचना भत्काउँने निचोडमा पुगेको उहाँले बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले जग्गा बिरगंज जीतपुर गौशालाको नाममा भनिएपनि उक्त जग्गा जीतपुर गौशालाको नाममा रहेको बताउँनुभयो । जीतपुर गौशालाको नाममा रहेको अबैध संरचना हटाउँन वडा कार्यालय उपमहानगरपालिकाको साथमा रहेको उहाँले बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले एउटा सुचना जारी गरी आईतबार बिहान १० बजे जीतपुर गौशालाको भवन भत्काउँने हुँदा भवनमा भएको सरसमान निकाल्न अनुरोध गरेको छ । सरसमान ननिकालेको खण्डमा हुन गएको क्षतीको जिम्मेवारी सम्बन्धित ब्यक्ति नै हुनुपर्ने जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत पुरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार