Logo

फाइल तस्बिर

१५ बैशाख, बारा । बाराको कोल्हवी नगरपालिका ५ खरियाटोलबाट ३५ क्युफिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यलय बारा अन्र्तगत रहेको कोहल्वी नगरपालिका ५ ककडी पोष्टबाट खटिएको वन रक्षक टोलीले आज बिहान उक्त काठ बरामद गरेको हो ।

वन रक्षक टोलीले उक्त स्थानबाट घर छेउमा लुकाएर राखेको अवस्थामा ७ थान सालको र २ थान टिकको गोलाई बरामद गरेको हो ।
बेवारिसे अवस्थामा लुकाइछिपाई राखेको काठ बरामद गरिएको सहायक डिभिजन वन अधिकृत ललन राउतले बताउनुभयो ।


सम्बन्धित समाचार