Logo

१५ वैशाख,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने बताउनुभएको छ । उहाँले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

आज नेपाल ब्यूटिसियन सङ्घको पसाको वीरगञ्जमा आयोजित चौथो राष्ट्रिय महाधिवेशको उद्घघाटन शत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले विश्वका ठूला कम्पनीहरुले नेपालमा आ–आफना शाखा विस्तार गर्न सुरु गरिसकेको बताउनुहुदैँ उहाँले उत्पादनमुखी बाटोले नै समृद्धिको गन्तव्यसम्म पु¥र्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँले आफू अनुकूल भएमा मात्र राम्रो र अरूले मौका पाए नराम्रो भन्ने सोचले कांग्रेस मात्रलाई नभई सबै राजनीतिक दललाई कमजोर बनाउने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री रिजालले अहिले सबै दलमा ठूलो समस्याका रुपमा देखापरेको नेता तथा कार्यकर्ता बिचको अत्याधिक महत्वाकांक्षीले दललाई मात्र नभई प्रजातन्त्रलाई नै कमजोर पारिरहेको उहाँको तर्क छ ।


सम्बन्धित समाचार