Logo

१५ वैशाख, काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ बजेर ५८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको र राति १ बजेर ३० मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याए÷नपुर्याएको एकीन हुन सकेको छैन ।सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


सम्बन्धित समाचार