Logo

१५ वैशाख, काठमाडौं । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको छ । नियमित रुपमा लगाउनुपर्ने खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते र आउँदो ३१ गते खोप अभियान सञ्चालन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गइ खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । बालबालिकालाई बीसीजी, पोलियो, दादुरा–रुबेला लगायतका खोप दिने गरिएको छ ।


सम्बन्धित समाचार