Logo

१६ वैशाख, वीरगञ्ज । पर्साको बिन्दबासीनी गाउँपालिकाबाट प्रहरीले कार्टिज बरामद गरेको छ । बिन्दवासीनी गाउँपालिका वडा नं. ३ स्थित इटाही ईलाकाबाट हिजो सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बेवारिसे अवस्थामा बरामद गरेको हो ।

उक्त स्थानस्थित स्थानीयको खेतबारीमा बेवारिसे अवस्थामा कार्टिज रहेको भन्ने खबर प्राप्त हुनासाथ पर्साबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको सशस्त्र प्रहरीको टोलीले सो कार्टिज सहित सट गनमा प्रयोग हुने सिलिङ्ग ३ वटा, राउण्ड राख्ने बिन्दुली २ वटा समेत फेला पारेको हो ।

कार्टिज र सामान ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार