Logo

काठमाडौं, १७ वैशाख, । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने सम्भावना छ ।

भारतको नेपाली दूतावासले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भएकाले आज डिस्चार्जको सम्भावना रहेको जनाएको छ । पौडेलको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचार भइरहेको छ । पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचाको लागि यही वैशाख ६ गते दिल्ली लगिएको थियो । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी पनी आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

गएको फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते हुनुभएका भण्डारीलाई ४ गते एअर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टरमा लगिएको थियो । स्वास्थ्य उपचारपछि भण्डारी आज दिउँदो स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ नेपाल वायुसेवा निगमको विमानमार्फत् दिउँसो २ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा आइपुग्ने तालिका छ ।


सम्बन्धित समाचार