Logo

काठमाडौं । राजधानीमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भए नेपाल च्याम्पियन हुँदै एशिया कपका लागि छनोट हुने भएको छ । नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दै छ ।

जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा शनिबारदेखि सुरु भएको वर्षा अझै केही दिनसम्म रहने जनाएको छ । यसकारण सामेबार हुने फाइनल खेल रद्द हुने सम्भावना बढ्दै गएको छ ।पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको थियो ।

उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना भएको मौसम पूवानुमान महाशाखाले जनाएको छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिजर्भ डेको व्यवस्था गरिएको छ । तर सोमबार र मंगलबार दुवै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ ।

तर वर्षाको कारण सुपर ओभर पनि हुन सक्ने अवस्था नभए आइसीसीक ९एकदिवसीय अन्तर्राष्ट्रिय० ओडिआई वरीयतामा माथि हुने टोली एशिया कपमा पुग्नेछ । आईसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा रहेका छन् ।


सम्बन्धित समाचार