Logo

काठमाडौं । प्रहरीले काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मा (बिक)लाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले विश्वकर्मालाई झापाबाट नियन्त्रणमा लिई काठमाडौंमा सार्वजनिक गरेको हो । प्रहरीका अनुसार बैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन् । प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक–पटक हानेर निराको प्राण लिएका थिए । निरा सरस्वतीनगरमा निरु किचेन नामको भाँडा पसल चलाउँथिन ।

  1. पक्राउ परेका बिक झापामा क्यासिनोमा काम गर्थे । उनलाई तीन लाख ऋण लागेको थियो । यही क्रममा उनी झापा छोडेर काठमाडौं आएका थिए । काठमाडौंमा उनी नाइट क्लबमा बाउन्सरको काम गर्थे । सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि आफू लुटपाटमा लागेको बयान उनले प्रहरीमा दिएका छन् ।

 

त्यही क्रममा निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन् । हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका थिए । ९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो । घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको र भोलिपल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको खुलेको छ । घटना नितान्त लुटपाटमा केन्द्रित रहेको अनुसन्धान ब्यूरोका प्रमुख किरण बज्राचार्यले बताउनुभयो ।


सम्बन्धित समाचार