Logo

१८ वैशाख, धनुषा । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर उहाँकै १४ महिने नातिनीको मृत्यु भएको छ । हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवि मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सुमोले किचिएर उहाँको आफ्नै नातिनी हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले हिजो दिउँसो आफ्नै घरमा गाडी ब्याक गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । प्रहरीले गाडी चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार