Logo

१८ वैशाख,वीरगञ्ज । आज बिहानैदेखि वीरगञ्जको तापक्रम घटेको छ । वीरगन्जमा अहिले पानी समेत परिरहेको छ । प्रि मनसुन सुरु भएसँगै विगत दुई तिनदेखि निकै शितल महसुस गरिएको छ ।

चैतमै बढेको अत्याधिक गर्मीका कारण प्रभावित बनेको वीरगञ्जबासीको जनजीवन बैशाख मध्यमा पानी परेपछि केहि राहत महसुस भएको स्थानियको भनाई छ । धेरै दिनपछि परेको पानीका कारण फलफूल लगायत तरकारीबालीमा समेत वर्खाकै पानी सिचाँई भएको किसानको भनाई छ ।

धुलाम्य बनेको वीरगञ्जको मुख्य तथा सहायक सडकहरु पनि पानी परेसँगै पखालिएका छन् । योसँगै वीरगञ्ज महानगरका सडकलाई हराभरा बनाउन गरिएको रङ्गरोगन प्रभावकारी देखिएको छ । लामो अन्तरालपछि परेको पानीमा घरको छतछतमा बालबालिका भिज्दै रमाउदैँ गरेको दृश्यहरु स्पष्ट देखिएको छ । यद्यपी चिकित्सहरुले भने पानीमा नभिज्न आग्रह गरेका छन् ।


सम्बन्धित समाचार