Logo

१८ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक साेमबार बस्ने भएकाे छ ।

साेमबार बिहान ११ बजे बस्ने केन्द्रीय समितिको बैठक बस्ने भएकाे हाे । साथै साेमबार दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने रास्वपाका एक नेताले बताए । उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएपछिको पहिलो पटक साेमबार बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गर्ने एजेण्डा रहेको छ । रास्वपा संसदीय दलको नेता रहेका डोलप्रसाद अर्यालले यस अघि नै संसदीय दलको नेताबाट राजीनामा दिइसक्नु भएको छ । रास्वपाले आज बस्ने बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय लिन सक्ने ति नेताले बताए ।

प्रधानमन्त्री दाहालले रास्वपा सभापति लामिछानेलाई जसरी पनि सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । सभापति लामिछानेले नेकपा एमाले गठबन्धन भएको बेला पाएका मन्त्रालयहरु नै पाउनुपर्ने सर्त राख्नुभएको छ ।


सम्बन्धित समाचार