Logo

बारा १८ बैशाख । बाराको सिमरामा वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी कर्मचारीहरुलाई सुसूचित गर्नका लागि ५ दिने तालिम सुरु भएको छ । डीभीजन वन कार्यालय बारा सिमराको आयोजनामा आजबाट तालिम सञ्चालन गरिएको हो । तालिममा अन्तराष्ट्रिय तथा नेपालमा भैरहेका प्रयासहरु, मानव वन्यजन्तु द्वन्द्वबाट हुने क्षतिको राहतका प्रकारहरु र राहत उपलब्ध गराउँदा अपनाइने प्रक्रियाहरुका बारेमा जानकारी दिने डिभिजन बन कार्यालय बाराका प्रशासन अधिकृत नवीन श्रीवास्तवले जानकारी दिनुभयो ।

घाइते तथा बच्चा वन्यजन्तुको उद्धार कार्य, विषालु सर्पबारे जानकारी, सर्पको उद्धार, व्यवस्थापन तथा विष लाग्न नदिन गरिने उपायहरुका बारेमा जानकारी दिइने उहाँले बताउँनुभयो ।तालिमममा डीभीजन वन कार्यालय बारा, सव डीभीजन वन कार्यालयहरुका सहायक वन अधिकृत एवं कर्मचारीहरु तथा वन तथा वन्यजन्तु संरक्षणमा चासो राख्ने सरोकारवालाहरुको सहभागिता रहेको बताइएको छ ।डीभीजन वन कार्यालयको आफ्नो वार्षिक कार्यक्रम अन्तरगत नै यो तालिमको आयोजना गरिएको कार्यालयका सहायक वन अधिकृत जवाहर प्रसाद कुर्मीले बताउनुभयो ।


सम्बन्धित समाचार