Logo

१९ वैशाख, काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । यससँगै नेपाल अब पाकिस्तानमा हुने एसिया कप खेल्न जानेछ । एसिया कपमा नेपालसँग एउटै समूहमा भारत र पाकिस्तान छन् ।

एसीसी मेन्स प्रिमियर लिगको फाइनलमा युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको विजेता बनेको हो । फाइनलमा युएइले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।नेपालका लागि गुलशन झाले ६७ र भिम सार्कीले ३६ रन बनाए ।

अन्य ब्याटरले भने दोहोरो अंकमा स्कोर गर्न सकेनन् । युएइका लागि रोहन मुस्तफाले २ र अयान अफजल खानले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएइले वर्षाले प्रभावित भएर २ दिन लम्बिएको इनिङमा ३३.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियो । युएइका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए ।


सम्बन्धित समाचार