Logo

१९ वैशाख,काठमाडौं । उपनिर्वाचनबाट चुनिनु भएका प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिँदै हुनुहुन्छ ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादवले मंगलबार शपथ ग्रहण लिन लाग्नु भएको हो ।सभामुख देवराज घिमिरेले दिउँसो १ बजे यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

चितवन २ र तनहुँ १ बाट निर्वाचित हुनुभएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए । शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई मंगलबार शपथ खुवाउन लागिएको हो ।


सम्बन्धित समाचार