Logo

१९ वैशाख,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा बैशाख २३ गते देखि चौथो बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हुने भएको छ ।

जन कल्याणकारी क्लबको आयोजनामा बैशाख २३ गतेदेखि सुरु हुने प्रतियोगिता ३० गते सम्म संचालन हुने छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा बिरगञ्ज युनाईटेड क्लब, मकवानपुर ११, एपिएफ बर्दिवास, जन उत्थान क्लब सिन्धुली, सर्लाही क्लब, चितवन फुटबल क्लब, वीरगञ्ज युथ एकेडेमी र आयोजक बकुलिया भवानीपुरको सहभागिता रहने आयोजक समितिका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताको व्यवस्थापनमा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न ५ को कार्यालयले ५ लाख रुपैया सहयोग गरेको वडा अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

खेल क्षेत्रको विकासमा वडाले निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । पत्रकार सम्मेलनको उद्घाटन बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । उहाँले आफुले प्राप्त गर्ने बजेटबाट खेलकुद बिकासकोलागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गनुृभयो । प्रतियोगिता अवधिभर कुल लागत रु. १५ लाख रुपैया लाग्ने अनुमान आयोजकले गरेको छ ।


सम्बन्धित समाचार