Logo

१९ वैशाख, महोत्तरी । महोत्तरीमा प्रहरीको सुरक्षामा अस्पताल आएर फरार भएका थुनुवा झण्डै एकमहिना पछि पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका लोहारपट्टी नगरपालिका ९ बस्ने २१ वर्षीय कृष्णा यादव पक्राउ परेका हुन् ।

गत चैत्र २४ गते फरार भएका यादवलाई झण्डै एकमहिना पछि हिजो राति जलेश्वर नगरपालिका ३ मलिबारास्थित लुकीछिपी हिडदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यादव कारागारमा रहेको समय बिरामी हुँदा उपचारका लागि जनकपुरधाम स्थित हाडजोर्नी तथा नशा रोग सम्बन्धि विशेषज्ञ डा. मनोजप्रसाद गुप्ताको क्लीनिकमा ल्याएकोमा शौच लागेपछि शौचालय प्रवेश गरेको अवस्थामा शौचालय पछाडिको भेन्टीलेसन निकाली सोही भेन्टीलेसनबाट निस्की फरार भएका थिए ।

पक्राउ परेका यादव उपर कैदीबन्दी भागे÷भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरी थप अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार