Logo

१९ वैशाख, वीरगञ्ज । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

आयोगले गत वैशाख ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको सामान्यतर्फको नतिजामा २० दशमलव ७४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले सामान्य परीक्षा उत्तीर्ण भएका हुन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मधेश प्रदेशमा सहभागी ६ हजार २१० जनामध्ये १ हजार १ सय, बागमती प्रदेशमा ११ हजार ६०६ सहभागी मध्ये दुई हजार ८०३, कोशी प्रदेशमा सहभागी भएका १५ हजार ५९७ मध्ये ३ हजार ८५ जना उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ७२८ जना मध्ये दुई हजार ८५५ जना उत्तीर्ण भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा ६ हजार ६७२ सहभागी मध्ये एक हजार १८१ जना, कर्णाली प्रदेशमा सहभागी ६ हजार ५९८ मध्ये एक हजार २३१ जना र सुदूरपश्चिम प्रदेशमा सहभागी ८ हजार ७६९ मध्ये एक हजार ६८४ जना उत्तीर्ण भएका छन् ।
आयोगले २०७९ माघ १० गते १ हजार १६७ रिक्त दरबन्दीका लागि शिक्षक पदमा विज्ञापन खुला गरेको थियो । आयोगले विषयगत परीक्षा भदौ ९ गते सञ्चालन गर्ने जनाएको छ ।


सम्बन्धित समाचार