Logo

१९ वैशाख,सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयको सेवा समेत अवरुद्ध भएको हो । आज बिहान विधुत सर्ट भएर कार्यालयको उक्त फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयमा आज बिहान पौने ६ बजेतिर आगलागी भएको हो ।
आगलागीबाट नागरिकता प्रतिलिपी फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानर लगायतका सामग्री जलेको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले आगलागीबाट उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको ‘डाटा’ सुरक्षित रहेको बताउनुभयो । आगलागीपछि कार्यालयको पूरै वाइरिङ समेत जलेकाले सेवा अवरुद्ध गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ । उहाँले वाइरिङको काम गर्न भोली बुधबारसम्म समय लाग्नेछ ।

कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले नागरिकता प्रतिलिपी फाँटबाहेक अन्य फाँटका उपकरण सुरक्षित रहेको जानकारी दिनुभएको छ । उक्त कार्यालयबाट २० मध्ये १६ वटा पालिकाका वासिन्दालाई सेवा लिदैँ आएका छन् ।
आगलागीपछि कार्यालयको सेवा ठप्प हुँदा कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतको सेवा लिने सेवाग्राहीलाई भने सास्ती भएको छ ।


सम्बन्धित समाचार