Logo

१९ वैशाख, वीरगञ्ज । पर्साबाट प्रहरीले एकजना भारतिय नागरिकलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगर–१६ रजतजयन्ती चोकबाट भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई हिजो राति पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका सिंहलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारेको दावी गरेको छ । यस विषयमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार