Logo

तस्बिर बिशाल पटेल

१९ वैशाख, वीरगञ्ज । भ्रष्टाचारमुक्त न्यायपालिका हुनुपर्ने लगायत विभिन्न माग राखेर कानून व्यवसायीले आन्दोलन जारी राखेका छन् । आज तेस्रो दिन पनि उनीहरुले उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जमा धर्ना दिएका छन् ।

न्यायपालिका स्वतन्त्र बनाउन, न्यायपालिकाभित्र देखिएका भ्रष्टाचार अन्त्य गर्न आन्दोलनमा उत्रिएको उच्च अदालत बार एशोसिएशन वीरगञ्जका अध्यक्ष बिशाल चौधरीले जानकारी दिनुभयो । अदालतमा पछिल्लो समयमा देखिएको बेथिति तथा भ्रष्टाचारकै कारण आमजनताले न्याय पाउनमा निकै कठिनाई भएको नेपाल बार एशोसियशन वीरगञ्जका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले बताउनुभयो ।

आन्दोलनकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पनि महाअभियोग लगाउन सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार जबरालाई महाअभियोग लागेर पदमुक्त भएपनि अदालतमा भ्रष्टचार, बेथितिले भने जरा गाडेर नै बसेको छ । न्यायलयमा नै भ्रष्टाचार हुनु गम्भिर विषय भएको भन्दै यसको अन्त्य हुनुपर्ने कानून व्यवसायीहरुको अडान छ ।

तस्बिर बिशाल पटेल

उपाध्यक्ष श्रेष्ठले आफुहरुको माग ७ दिनभित्र समुचित रुपले सम्बोधन नभए आन्दोलनले नयाँ रुप लिने चेतावनी दिनुभयो । कानून व्यवसायीले स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, प्रधानन्यायाधीशको नियुक्ति अबिलम्ब गर्नुपर्ने, न्यायपालिकाभित्रको भ्रष्टाचार, विकृति विसंगति अन्त्य गर, पूर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, सर्बोच्च अदालत लगायत सबै तहका अदालतमा रिक्त न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने, संबैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने लगायत माग राखेका छन् ।


सम्बन्धित समाचार