Logo

१९ वैशाख, पचगावाँ ।सव डिभिजन वन कार्यालयले स्तरीय योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पर्साको प्रमुख सुभाष चन्द्र दासको प्रमुख आतिथ्य तथा रेन्जर कपिलदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा जंगलसङ्ग सिमा जोडिएको गाउँबस्तीका किसानले जंगल जोगाउन सहयोग गर्ने गरेको तर काठ वितरण गर्ने समयमा भने ठुलाबडा ठेकेदारले पाउने भन्दै स्थानिय सुलेमान मियाँ दर्जीले गुनासो गर्नुभएको थियो ।

राष्ट्रिय वन जंगलमा अतिक्रमण भएको खाली जग्गामा वृक्षारोपण गर्न, तस्करी नियन्त्रण गर्ने, दरबन्दी अनुसार कर्मचारी खटाउने जस्ता प्रस्ताव स्थानीयले राखेका थिए । सबैको गुनासो सम्बोधन गर्दै वन अधिकृत सुभाष चन्द्र दासले आफुले सकेसम्म वनको हरेक कार्य पारदर्शी बनाउने र सबैले सहकार्य गरे तस्करी नियन्त्रण गर्न सकिने उहाँको भनाई छ ।


सम्बन्धित समाचार