Logo

१९ वैशाख, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषध गाँजासहित सहित पर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ बाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाँउपालिका २ का ५३ वर्षिय बौद्ध सिंह घलान रहेका छन् । प्रहरीले घलानलाई ४६ केजी गाँजासहित गत आइतबार पक्राउ गरि मंगलबार सार्वजनिक गरेको हो ।ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोली गस्तीका क्रममा ठोरी गाउँपालिका वडा नम्बर ५ मा पुग्दा ३ जना व्यक्तिहरू औषध गाँजा बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए ।

तर दुई जना भने गाँजाको पोका छाडेर फरार भएको र घलानलाई मात्रै पक्राउ गर्न सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढोथोकीले बताए । पक्राउ परेका घलानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको बुढाथोकीले जानकारी दिए ।


सम्बन्धित समाचार