Logo

२० वैशाख,सिम्रौनगढ । बाराको सिम्रौनगढमा एकजना युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–७ स्थित झवानी र खजानी टोलबिच आज बिहान युवकको शव फेला परेको हो ।

बोर्डरभन्दा करिब ५–७ सय किलोमिटर उत्तरतर्फको सडक छेउमा रहेको घिरौलाको खेतमा युवकको शव बेवारिसे अवस्थामा फेला परेको हाम्रा सिम्रौनगढ संवाददाता रामेश्वर मेहताले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवकको हात खुट्टा बाधिँएको, मुखमा माटो कोचिएको, युवकको लिङ्गमा डोरी बाधेरँ घिरौलाको बोटमा बाधिएको अवस्थामा छ । घटनास्थलमा प्रहरी पुगेको र प्रहरीले शवको मुचुल्का गरि मृतकको शव पोष्र्टमार्टमको लागि कलैया अस्पताल पठाउने तयारी भईरहेको बताईएको छ ।


सम्बन्धित समाचार