Logo

२० वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यू. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा रहेको आई.सी.यू.वार्ड आउँदो आइतबारबाट पूर्ण क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताउनु भयो । आई.सी.यू. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

यस्तै अस्पतालको प्रसुती गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख सिंहले बताउनु भयो । अस्पतालमा आउने बिरामीहरुलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो ।

अनुगमनमा पुग्नु भएका नगरप्रमुक सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक विषयमा जानकारी गराउनु भएको थियो । अस्पतालको निरीक्षणमा महानगर पालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको सल्लाहकारद्व्य प्रकाश अमात्य, महेश दास, नर्सिङ प्रमुख हेमा थापा लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार