Logo

२० वैशाख,वीरगञ्ज ।पर्साको पोखरिया नगरपालिकामाबिगत एक महिनादेखि प्रमुखप्रशासकीयअधिकृत नहुदाआर्थिक कारोबार ठप्पभएको छ । नगरपालिका एक महिनाभन्दा पनि बढी समयदेखि प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा आर्थिक कारोबार ठप्प भएको हो।

आर्थिक कारोबार गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएको तथा अधिकृत नै नभएपछि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि एक महिनाभन्दा बढी समयदेखि ठप्प छ।आर्थिक कारोबार ठप्प हुँदा अहिले दिनहुँ नगरपालिकामा योजना सम्पन्न गरेका ठेकेदारहरु भुक्तानीको लागि पुग्ने गर्छन्।

साथै, सेवाग्राही पनि नगरपालिकामा पुग्दा ठेकेदारसँगै सेवाग्राही पनि खाली हात फर्किन बाध्य भएका छन्। आर्थिक वर्ष सकिन लाग्दा डेढ महिनाभन्दा पनि कम समय भएको खण्डमा अहिले नगरपालिकामा विकास निर्माणका ठेक्का र उपभोक्ता समितिले गरेका कामको भुक्तानी लिन समस्या उत्पन्न भएको छ।

नगरपालिकाको आर्थिक कारोबार बन्द भएपछि भुक्तानी लिन तथा समाजिक सुरक्षा भत्तासमेत बितरणमा प्रभाव परेकोे लोसपाका नेता एवं स्थानीय नेजामुदिन समानीले जानकारी दिए।उनले नगरपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नभएकाले बित्नै लागेको आर्थिक बर्षको भुक्तानी नहुनु तथा बजेटसमेत फ्रिज हुने सम्भावना बढेर गएको बताए।

उनले पोखरिया नगरपालिकालाई पर्साको दोस्रो सदरमुकाम भनिए पनि लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतबिहीन हुनु दुःखद भएको बताए।‘सवा एक महिनादेखि नगरपालिकाको आर्थिक कारोबार बन्द छ, हाकिम साब नभएर बन्द भएको हो, योजना सम्पन्न गरेको ठेकेदारहरुले पनि भुक्तानी लिन सकेका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा आर्थिक वर्ष पनि बित्न केही समय मात्र बाँकी छ, बजेट नै फ्रिज हुने सम्भावना बढेर गएको छ।’गत चैत १३ गते नै समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको उपसचिव धर्मानन्द जोशी फिर्ता गएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख बिजय झाले जानकारी दिए। जोशी गएदेखि नै नगरपालिकाको आर्थिक कारोबार ठप्प भएको उनले बताए।

उपसचिव जोशी प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि आफूअनुकूल काम गर्न नसकिने भन्दै नगरपालिका मेयर प्रध्म्न चौहानले फिर्ता पठाइदिएका थिए। जोशीलाई फिर्ता पठाएपछि सवा एक महिनादेखि मेयर चौहान आफूअनु्कूल अधिकृतको खोाजीमा मन्त्रालय धाइरहेका छन्।अहिले नगरपालिकाको आर्थिक कारोबार ठप्प भए पनि मेयर चौहान भने लगातार आफूअनुकूल हाकिम ल्याउन काठमाडौंमै बस्दै आएका छन्।

मेयर चौहानको नम्बरमा सम्पर्क गर्दा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कौशलेन्द्र मिश्रले उठाउँदै मेयर मन्त्रालयका सचिवसित बैठकमा रहेको जानकारी दिए।उनले हाकिमकै बारेमा आफू र मेयर चौहान काठमाडौं मन्त्रालयमा आएको बताए। ‘मेयर अहिले सचिवसित बैठकमा हुनुहुन्छ, हामी काठमाडौं आएका छौँ,’ उनले भने।

चालु वर्ष सकिन डेढ महिनाभन्दा पनि कम समय बाँकी रहेको भए पनि मेयर चौहान नगरपालिका छाडेर हाकिमको खोजीमा काठमाडौं धाउँदै आएका छन्।


सम्बन्धित समाचार