Logo

२१ वैशाख,वीरगञ्ज । पर्सा जिल्लामा फेरि डिजे आतंक मच्चिएको छ । बैशाख महिनामा बिहेको लगन परेसँगै पर्साको विभिन्न क्षेत्रहरुमा अहिले डिजे आतंक मच्चिएको हो । सडकमा ठूल्ठूला आवाजमा बजाईएको डिजेले सुरक्षा व्यवस्था फितलो भएको भन्दै चर्को आलोचना समेत हुदै आएको छ ।

विशेषगरि मुटु रोगी, उच्च रक्तचाप भएका दिर्घरोगीहरुले यस्ता क्रियाकलापबाट आफूहरुलाई समस्या हुने गरेको भन्दै दुखेसो सुनाएका छन् । डिजे आंतकले दिर्घरोगी मात्र नभई सामाजिक अगुवाहरु समेत अहिले चिन्तित देखिएका छन् ।

आफ्ना घरका बालबालिका रातको समयमा चर्को स्वर र हल्लाका कारण नसुत्ने गरेको उनीहरुको गुनासो छ । त्यस्तै डिजेले ऐतिहासिक बाँजाहरु समेत लोप हुदैँ गएको उनीहरुको तर्क छ । मुख्य तथा सहायक सडकहरुमा चर्को स्वरले डिजे बजाएर हिडेको जन्तीले सवारी साधन जाममा पर्ने गरेका छन् ।

यस्ता गतिविधिलाई रोक्न तथा व्यवस्थापन गर्न सामाजिक अगुवा, वृद्धवृद्धा लगायतले सुझाएका छन् ।


सम्बन्धित समाचार