Logo

२१ वैशाख,वीरगञ्ज । वीरगञ्जमा श्री नृसिंह भगवानको शोभा यात्रा आज निकालिएको छ भने साँझ महाआरती हुने भएको छ ।

वीरगंज महानगरपालिकाको वडा नं. १४ पिपरामा रहेको श्री नृसिंह भगवान पिपरामठ मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रबेश प्रसाद कुर्मीले १३५ बर्ष पुरोनो मन्दिरलाई संरक्षण प्रबर्धनको लागि शोभा यात्रा तथा महाआरती गरिएको वताउनुभयो ।

श्री नृसिंह भगवानको जन्मोत्सवको अवसरमा आज विहान मन्दिर परिसरबाट शोभा यात्रा निकालिएको हो । आज नै सांझ ७ बजे मन्दिर परिसर मै महाआरती हुने अध्यक्ष कुर्मीले वताउनुभयो ।


सम्बन्धित समाचार