Logo

फाइल तस्बिर

२१ वैशाख,वीरगञ्ज । चितवन राष्ट्रिय निकुञ्ज र सो आसपासका क्षेत्रमा गरी २ सय २० वटा गैँडाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा उक्त गैँडाको मृत्यु भएको हो ।

निकुञ्जले दिएको जानकारी अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ वटा गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले आपसमा एकआपसमा जुधेर विगत आठ वर्षको समयमा ५१ गैँडाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाघको आक्रमणबाट २०, बिरामी तथा रोगी भएर १२, चोरी शिकारीबाट ९, करेन्ट लागेर ८, विष सेवनले ५, खाडलमा परी ३, तथा कारण नखुलेका २९ वटा गैँडाको मृत्यु भएको हो । तिवारीले यो अवधिमा एक सय भाले र ७६ पोथी गैँडा मरेका जानकारी दिनुभयो । त्यस्तै लिङ्ग पहिचान नभएका ४४ गैँडाको मृत्यु भएको उहाँको भनाई छ ।

आर्थिक वर्ष २०७२÷७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५÷७६ मा मरेको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जको तथ्याङक अनुसार सो आवमा ४३ गैँडा मरेका थिए । भने सबैभन्दा कम आव २०७२÷७३ मा १४ गैँडा मरेको तिवारीले बताउनुभयो ।


सम्बन्धित समाचार