Logo

२१ वैशाख,वीरगञ्ज । सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपियाँले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ पुगेको छ ।

अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएसँगै सुनको भाउमा असर परेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । बैंक टाट पल्टिएसँगै विश्वव्यापी रुपमा तरङ्ग फैलिएको छ । लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गर्न थालेसँगै भाउ महँगिएको उहाँको भनाइ  छ । अमेरिकामा यसअघि गएको मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक पनि टाट पल्टिएको घोषणा गरिएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।


सम्बन्धित समाचार