Logo

२१ वैशाख, चितवन । चितवनको पोल्ट्री व्यावसायी तथा नेपाली कांग्रेस चितवनका नेता शंकर कंडेलको आत्महत्या दुरुत्साहन मुद्धामा वीरगञ्जका उद्योगी प्रदीप रुंगटाको नाम मुछिएपछि वीरगञ्जका उद्योगी व्यवसायीमा यस घटनाले तरंग पैदा गरेको छ ।

पोल्ट्री व्यवसायी शंकर कँडेल मंगलवार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले कार्यालयको पंखामा झुण्डीएर आत्महत्या गरेको प्रहरीको भनाई छ । उनले आत्महत्या गर्नु अघि लेखेको सुसाईट नोटमा आफ्ना पाटन व्यवसायीहरुको दवावको कारण मृत्युको बाटो रोज्नु परेको उल्लेख गरेका छन ।

उनको सुसाइट नोटलाई आधार बनाएर कंडेलका परिवारजनले वीरगञ्जका उद्योगी प्रदीप रुंगटा समेतलाई आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् । रुंगटाको अनावश्यक दवावका कारण कंडेलले आत्महत्याको बाटो रोज्नु परेको भनाई परिवारजनको छ ।

प्रदीपले आत्महत्या गर्नुमा आफ्नो कुनै संलग्नता नभएको रुंगटा समूहको भनाई छ । अनमोल फिट््समा शेयर खरिद गरेको र त्यसमा प्रदीप कंडेलको समेत १५ प्रतिशत शेयर रहेको रुंगटा गु्रपका संचालक सुरेश रुंगटाले बताए । हाम्रो व्यापारीक काम भन्दापनि उहाँले शुरुमा गरेको लगानी र बजारमा फसेको रकमको कारण उहाँ तनावमा हुनुहुन्थ्यो, रुंगटाले भने ।

देशभरी देखिएको आर्थिक मन्दीले बजारमा लगानी गरेको पैसा उठन सक्ने अवस्थामा देखिदैन, उहाँ (कंडेल)को २०, २२ करोड भन्दा बढी रकम बजारमा फसेकोले त्यसलाई व्यवस्थापन गर्न नसकेको कारणले उहाँले गलत बाटो रोजेको हुनुपर्छ रुंगटाले भने । कंडेल हाम्रो त पाटन नै हुनुहुन्थ्यो उहाँलाई दवाव दिनु पर्ने कुनै कारण छैन् ।

रुंगटा समूहका संचालक प्रदीप रुंगटाको विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा कसैको उत्साहटमा दर्ता भएको हुन सक्ने सुरेश रुंगटाको भनाई छ । जुन घटनामा हाम्रो संलग्नता छैन त्यसमा कसैको दवाव र प्रभावमा मुद्धा दर्ता हुनु दुखद भएको उनको भनाई छ ।

एकातिर बैंकको ब्याज र किस्ता तिर्न सक्ने अवस्था छैन र अर्को तर्फ बजारबाट पैसा उठाउन सक्ने अवस्था देखिदैन यस्तो अवस्थामा व्यापार गर्न सकिने अवस्था नदेखिएको रुंगटाको भनाई छ ।

अनमोलका एक कर्मचारीका अनुसार शेयरसम्वन्धी सम्झौता अनुसार ३६ करोड रकम बजारमा उठ्न बाँकी रहेको र २२ करोड भुक्तानी दिन बाँकी रहेको देखाइएको छ । त्यसमध्ये यो अवधिमा २ करोड रकम भुक्तानी भएको र बजारबाट ४/५ करोड रकम उठेको स्रोत बताउँछ ।

वर्षौंदेखि कार्यकारी निर्देशक भएर काम गरेकै कारण शंकर कँडेलले डिलरको डिलिङ, कसिमन, डिलरका कम्प्लेन, कमिटमेन्ट जस्ता कामहरु आफैं गर्दै आएका थिए । पछिल्लो समय उठेको रकम प्रदीप रुङ्गटाले चलाएको खाता जाने, तर पेमेन्टका लागि कँडेललाई दबाव दिने गरेको स्रोतको दाबी छ ।

२७ करोडको चेक बाउन्स गराउँछु भनेर धम्काउने काम समेत भएको थियो । पछिल्लो समयमा कँडेल उधारो उठाउन र पार्टी भुक्तानी गर्न निकै दौडिएको एक शेयर सदस्यले बताए । गत शनिबार (वैशाख १६ गते) दियालो फुडल्याण्डमा शेयर फिर्ता लिएका ६ जनासहितको बैठक बसेको थियो । बैठकमा कँडेलले प्रदीप रुङ्गटा र सीए रावलले आफूलाई निकै तनाव दिएको बताएका थिए ।


सम्बन्धित समाचार