Logo

२१ वैशाख,वीरगञ्ज । सरसफाइ सम्बन्धि जागरुकता बढाउन जीवन ज्योति सेकेण्डरी स्कूलका विद्यार्थीसँग आज अन्तरक्रिया गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका कार्यालय र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले सरसफाइ सम्बन्धि जागरुकता बढाउन र समुदाय स्तरको फोहर व्यवस्थापनमा विद्यार्थीको भूमिका बारे जानकारी गराउने उद्देश्यले अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियाका क्रममा वक्ताहरुले घर र टोल समाजलाई सफा बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताएका छन । त्यस्तै वक्ताहरुले फोहर व्यवस्थापनका लागि महानगरबाट फोहर सङ्कलन गर्न जाने गाडीमा मात्रै फोहर फ्याक्न विद्यार्थीसँग आग्रह गरेका थिए ।

महानगर एक्लैको प्रयासले महानगरलाई सफा बनाउन नसकिने बताउँदै वक्ताहरुले विद्यार्थी र युवालाई यसमा सक्रियतापूर्वक सहयोग गर्नुपर्ने बताएका छन । जीवन ज्योति स्कूलका प्रधानाध्यापक शिवकुमार गुप्ताको उपस्थितिमा भएको कार्यक्रममा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदीन मियाँ लगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार