Logo

२१ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त तीन जना मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन्।

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री छन्।


सम्बन्धित समाचार