Logo

२१ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघरस्थित सडकखण्डबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका–१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका–३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् ।उनीहरुको साथबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


सम्बन्धित समाचार