Logo

वीरगन्ज,२१बैशाख : स्थानीय तह (पालिका) का जनप्रतिनिधीहरुको असहयोगका कारण पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको स्वास्थ्य कार्यालय पर्साका कर्मचारीहरुले गुनासो गरेका छन् ।

बिहीबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले केहि पालिका जनप्रतिनिधीहरुले चासो नलिएको र असहयोग गरेका कारण पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको गुनासो गरेका हुन् ।

उनका अनुसार , पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ विक्रम संवत २०७४ सालदेखि नै अभियान सुरु गरिएको थियो । तर अहिलेसम्म जिल्लाका १४ पालिकामध्ये ९ वटामात्र पालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएका छन् । पोखरिया नगरपालिका तथा पटेर्वा सुगौली , पकाहामैनपुर , विन्दवासीनी र धोबिनी गाँउपालिका गरि ५ वटा पालिका भने अहिलेसम्म पनि पूर्ण खोपयुक्त पालिका घोषणा हुन नसकेकोले जिल्लालाई पनि घोषणा गर्न नसकिएको ठाकुरले बताए ।

जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकालाई विभिन्न सात प्रकारका खोप लगाएपछि मात्रै सम्बन्धित जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने सरकारी प्रावधान छ ।तर पर्सामा अहिलेपनि ५ वटा पालिका पुर्ण खोपयुक्त पालिका घोषणा हुन नसकेका कारण जिल्लालाई पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको ठाकुरले बताए ।

जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले पालिकाका वडाध्यक्षदेखि पालिका प्रमुखसम्मलाई पटक पटक आग्रह र ताकेता गर्दै आएकोभएपनि उनिहरु यसप्रति गम्भिर नदेखिएको गुनासो उनले गरे ।ठाकुरले भने,‘ खोप समितिको बैठकमा बोलाउदाँ समेत कतिपय पालिका प्रमुखहरु आउनु हुन्न , व्यस्त छु , बाहिर छु भनेर टार्नु हुन्छ ।

ठाकुरका अनुसार , पूर्ण खोपयुक्त पालिका घोषण हुन बाँकी रहेका ५ पालिक


सम्बन्धित समाचार